विवश मेरा अस्तित्व र स्वाभिमानहरु ! January 7, 2007
Posted by rajendra in आफ्नै कुरा, साहित्य तथा कला.3 comments
- राजेन्द्र श्रेष्ठ, गोरखा
म आफूलाइ शतप्रतिशत स्वस्थ मनस्थितिमा छु भन्ने ठानिरहेको छु । मैले लिने हरेक निर्णयहरु राम्रैसंग अवगत छ । म आफ्ना तन्दुरुस्त शरीर लिएर जहाँ पनि पुग्न सक्छु, जसलाई पनि भेट्न सक्छु । मेरो विचारहरुलाइ कुनै पनि समय र स्थानमा प्रस्फुटन गराउन सक्छु । को आफन्त, को अन्यत्र, को मित्र, को शत्रु, सवै राम्रैसंग थाहा छ मलाइ । हाँस्नु के हो ? रुनु के हो ? त्यो पनि वुझ्छु म । जन्मनुको परिभाषा मृत्युको औचित्य त्यो पनि त व्याख्या गर्न सक्छु । वास्तवमा म मानव नै हुँ । एउटा सामान्य मानव । वाटोमा हिंडिरहेको हुन्छु । वरिपरिवाट खासखुस आवाजहरु आएर ठोकिन्छ मेरा कानहरुमा । आवाजहरु सुन्नु नै झस्कनु चैं होइन तर म झस्किरहेको हुन्छु, ती आवाजहरु तिर कान फर्काइरहेको हुन्छु, विवश भएर अनि निर्वल र निर्लज भएर । रुन त मिलेन धुरु धुरु, हाँस्न झनै सक्दै सकिन । ठिङ्ग उभिन सकिन, ढ्याङ्ग ढल्न पनि भएन । सुस्तरी लागें आफनै गन्तव्यतिर, भुल्न दिइन आफूलाई ति खासखुस आवाजतिर । निरन्तर ठोक्किए आवाजहरु वाटै भरि, गह्रौं टाउको लिएर ढल्न पुगें ओछ्यानमा । मेरो मस्तिष्क कुमालेको चक्रसरी घुम्न थाल्यो । किन दुनियाँ देखिरहेछ म मा पागलपन ? किन चिच्याइ रहेछ दुनियाँ लहलहैमा ? ढोकाको ढकढक (more…)


