कसरी सुधारुँ म आफूलाई ? January 11, 2007
Posted by rajendra in आफ्नै कुरा.1 comment so far
सपिङमा रमाउनु कतिपय मान्छेहरुको सोख हुन सक्छ तर मलाई सपिङ गर्न भनेपछि दिक्दारीले छोपिहाल्छ । तैपनि बेला बेलामा सपिङबाट पन्छिन चाहि म सकिरहेको हुदिन । आफ्नै लागि सपिङ गर्नु केही सहज भए पनि अरुहरु -मतलब आफ्नै मान्छेहरु) का लागि सपिङ आफूले गरिदिनु पर्ने भएमा मलाई टाउको भारी भएर आउँछ । उनीहरुको रोजाई कस्तो होला भन्ने मलाई ठूलो समस्या पर्दछ । कहिलेकाही कुनै आधार विना नै केही किनिदिनु पर्यो भने त मेरो लागि साह्रै अप्ठ्यारो हुन्छ । फेरि प्रायजसो आफ्नै काममा (हुन त मैले काम गरेरै ठूलो प्रगति गर्न त सकेको छैन । प्रगति मतलब पैसा कमाउन) व्यस्त भईरहने मलाई केही घण्टा (more…)
अब म लेखिरहनेछु निरन्तर ! January 9, 2007
Posted by rajendra in आफ्नै कुरा.2 comments
ब्लग अब निरन्तर पुनताजगी गर्छु भन्ने मनमा यीख लिएर शुरु गरेको छु । हुन त झण्डै एक डेढ बर्षअगाडि देखि नै यस्तो विचार नगरेको होइन तर विभिन्न कारणहरु (विशेष गरी भोलि गरौंला नि भन्ने बानी) ले गर्दा समयमा सोचेको कुरा गर्न सकिन । जे होस् ढिलै भए पनि म ब्लग लेख्न सन्किएको छु ।
ब्लग त लेख्ने तर के लेख्ने भन्ने समस्या मैंले देखेको छु । कम्प्युटरको अगाडि प्रायः समय विताउने म बाहिरी स्थानहरुमा प्रत्यक्ष रुपमा कम पुग्ने भएपछि अनुभवहरु पनि त्यति नहोलान कि जस्तो पनि लागेको छ तर पनि म कोशिश चाहि गर्नेछु यसलाई निरन्तरता दिने । मैले अस्ति मेरो ब्लगमा आफूले लेखेको एउटा कथा समावेश गरेको थिएँ । त्यसको प्रतिक्रिया पनि पाउदै छु त्यसैले म अलि खुशी पनि छु, ब्लगलाई (more…)
विवश मेरा अस्तित्व र स्वाभिमानहरु ! January 7, 2007
Posted by rajendra in आफ्नै कुरा, साहित्य तथा कला.3 comments
- राजेन्द्र श्रेष्ठ, गोरखा
म आफूलाइ शतप्रतिशत स्वस्थ मनस्थितिमा छु भन्ने ठानिरहेको छु । मैले लिने हरेक निर्णयहरु राम्रैसंग अवगत छ । म आफ्ना तन्दुरुस्त शरीर लिएर जहाँ पनि पुग्न सक्छु, जसलाई पनि भेट्न सक्छु । मेरो विचारहरुलाइ कुनै पनि समय र स्थानमा प्रस्फुटन गराउन सक्छु । को आफन्त, को अन्यत्र, को मित्र, को शत्रु, सवै राम्रैसंग थाहा छ मलाइ । हाँस्नु के हो ? रुनु के हो ? त्यो पनि वुझ्छु म । जन्मनुको परिभाषा मृत्युको औचित्य त्यो पनि त व्याख्या गर्न सक्छु । वास्तवमा म मानव नै हुँ । एउटा सामान्य मानव । वाटोमा हिंडिरहेको हुन्छु । वरिपरिवाट खासखुस आवाजहरु आएर ठोकिन्छ मेरा कानहरुमा । आवाजहरु सुन्नु नै झस्कनु चैं होइन तर म झस्किरहेको हुन्छु, ती आवाजहरु तिर कान फर्काइरहेको हुन्छु, विवश भएर अनि निर्वल र निर्लज भएर । रुन त मिलेन धुरु धुरु, हाँस्न झनै सक्दै सकिन । ठिङ्ग उभिन सकिन, ढ्याङ्ग ढल्न पनि भएन । सुस्तरी लागें आफनै गन्तव्यतिर, भुल्न दिइन आफूलाई ति खासखुस आवाजतिर । निरन्तर ठोक्किए आवाजहरु वाटै भरि, गह्रौं टाउको लिएर ढल्न पुगें ओछ्यानमा । मेरो मस्तिष्क कुमालेको चक्रसरी घुम्न थाल्यो । किन दुनियाँ देखिरहेछ म मा पागलपन ? किन चिच्याइ रहेछ दुनियाँ लहलहैमा ? ढोकाको ढकढक (more…)
थोरै भएपनि नेपाल हाँसेको दिन । April 26, 2006
Posted by rajendra in आफ्नै कुरा.2 comments
२०६३ बैशाख १२ गते मंगलबार, गोंगबुँ, काठमाडौं ।
(राति १० बजे) साँझ घर आएर ऐनामा आफ्नो अनुहार हेरेर आफैलाई दिक्क लागेर आयो । अनुहार कालो भएको थियो । दिनभरि काठमाडौँका बिभिन्न स्थानहरुमा घुमियो । जताततै झन्डा लिएर नारा लाउदै हिडेका मान्छेहरुको भिड मात्र भेटिन्थ्यो। शहिदका फोटोहरु लिएका, अनुहारमा अबिर लगाएर बिजय उत्सव मनाईरहेका भएपनि नाराहरु सुन्दा आन्दोलन जारि रहेको भान हुन्थ्यो । नेताहरुलाई जनताको बिश्वासमा घात नगर्न, सम्बिधान सभाको चुनाब घोषना तुरुन्त गर्न, माओबादि समस्या समाधान गर्न माग र चेतावनि दिदै नाराहरु लगएको प्रसस्तै भेटिन्थ्यो । राजा र राजतन्त्र माथि जनताको कति घृना रहेछ भनेर स्पस्ट बुझ्न सकिन्थ्यो । अपरान्ह्म नागरिक समाजले आयोजना गरेको जनसभामा भाषन सुन्न खुलामन्च पुगियो । धेरै समयेपछि खुलामन्चमा भाषन सुन्न पाइयो । मलाइ राम्रोसँग याद छ सरकार र माओबादि बिच भएको बार्ताको समयमा माओबादिले आयोजना गरेको जनसभामा भाषन सुन्न पछिल्लो पटक म खुलामन्च पुगेको थिएँ । त्यहाँ बक्ताहरुले गनतन्त्र को माग गरेका थिए । त्यहाँ टिएर ग्याँसबाट बच्न सकिएन ।
Peoples’ Movement 2063 April 19, 2006
Posted by rajendra in आफ्नै कुरा.2 comments

I have put the comming soon image (above) on my website since 2 months. I was ready to upload my complete personal site but I couldn't do it because of some reason (actually my system was stolen so that I had lost all my data).
I'm thinking what to upload? and decided to put my personal views/comments/supports regarding "Jana Andolan-2063"(Peoples' Movement 2006).
Hope, I will get comments from all of you who really loves our country Nepal.
Thanks !!


