कसरी सुधारुँ म आफूलाई ? January 11, 2007
Posted by rajendra in आफ्नै कुरा.trackback
सपिङमा रमाउनु कतिपय मान्छेहरुको सोख हुन सक्छ तर मलाई सपिङ गर्न भनेपछि दिक्दारीले छोपिहाल्छ । तैपनि बेला बेलामा सपिङबाट पन्छिन चाहि म सकिरहेको हुदिन । आफ्नै लागि सपिङ गर्नु केही सहज भए पनि अरुहरु -मतलब आफ्नै मान्छेहरु) का लागि सपिङ आफूले गरिदिनु पर्ने भएमा मलाई टाउको भारी भएर आउँछ । उनीहरुको रोजाई कस्तो होला भन्ने मलाई ठूलो समस्या पर्दछ । कहिलेकाही कुनै आधार विना नै केही किनिदिनु पर्यो भने त मेरो लागि साह्रै अप्ठ्यारो हुन्छ । फेरि प्रायजसो आफ्नै काममा (हुन त मैले काम गरेरै ठूलो प्रगति गर्न त सकेको छैन । प्रगति मतलब पैसा कमाउन) व्यस्त भईरहने मलाई केही घण्टा सपिङको लागि निष्कदा पेन्डिङ भएका कामहरुले मार्केटमा नै चिच्याईरहेको भान हुन्छ । अनि त जहिले पनि हतार हतार र्फकनु पर्ने हुन्छ ।
साथीहरुले आफ्नै शब्दमा मलाई कमेन्टहरु गरे पनि म आफूलाई कुवाको भ्यागुता भन्न रुचाउँछु । किनकि म विरल्लै मेरो बिजिनेसलाई छाडेर कही कतै पनि पुगेको हुन्छ । तर म विभिन्न सुचना सञ्चारबाट टाढिएको भने हुँदिन । झण्डै १४ घण्टा इन्टरनेटमा विताउने म विश्वमा अनि आफ्नै मुलुकमा भईरहेको विभिन्न घटनाहरुदेखि जानकार नै हुन्छ । अनि कति साथीहरुले आजको हेडलाईन के छ ? आज कहाँ के भएको छ ? नयाँ प्रविधि के आईरहेको छ ? क्रिकेटमा कस्ले कति रन बनायो ? आदि इत्यादि अनि यस्तै खालका प्रश्नहरु भेटमा, फोनबाट सोधिरहनु हुन्छ अनि प्राय म यस्ता प्रश्नहरुको जवाफ फर्काउन कति पनि समय लगाईरहेको हुँदिन ।
फेरि कतिपय मलाई चिन्ने मित्रहरुलाई निःशुल्क (आजकाल जेको लागि पनि पैसा तिर्नु पर्छ नि त ।) हटलाईन सुविधा दिनु पनि मेरो दिन चर्या नै भने पनि हुन्छ । आखिर म खासै कुनै विषयको विशेषज्ञ चाहि परिन हैं । तैपनि कम्प्युटरमा आउने समस्याहरु, भाइरसका बारेमा, कुनै पनि कम्प्युटर अप्लीकेशन चलाउँदा आउने समस्या आदि विषयहरुमा फोनबाट घरी घरी सोधिरहने र मैलें झन्झट नमानि जवाफ फकाईरहने पनि मेरो चर्या नै हो । कहिले काही आफू अलिक व्यष्त भईन्छ, साथीको फोन आउँछ, कुरो एकदम साधारण हुन्छ, अनि डिष्र्टव महसुस गरिरहेको हुन्छु । फेरि साथीलाई म सहयोग गर्न सक्दिन भनेर भन्न पनि त सक्दिन । (साथीहरु ! नरिसाउनुस हैं म यहाँहरुलाई सधैं सहयोग गर्न तयार छु ।)
मलाई थाहा छ मेरो दैनिकी म जति चाहन्छु त्यति (अलिकतिपनि) रचनात्मक भएको छैन । म जे सोच्छु, यस्तो गर्छु उस्तो गर्छु भन्छु तर त्यसलाई कार्यान्वयन गरेकै हुँदिन । त्यसैले म आफूलाई रचनात्मक मान्दै मान्दिन । आशा छ भविष्यमा म रचनात्मक बन्दै जानेछु, मित्रहरुको सल्लाह र सुझाव पाएमा ।



आफुले गर्छु भनेको कुरा गरी हाल्ने बानी बसाल्नु पर्छ की !!