jump to navigation

अब म लेखिरहनेछु निरन्तर ! January 9, 2007

Posted by rajendra in आफ्नै कुरा.
trackback

ब्लग अब निरन्तर पुनताजगी गर्छु भन्ने मनमा यीख लिएर शुरु गरेको छु  हुन झण्डै एक डेढ बर्षअगाडि देखि नै यस्तो विचार नगरेको होइन तर विभिन्न कारणहरु (विशेष गरी भोलि गरौंला नि भन्ने बानी) ले गर्दा समयमा सोचेको कुरा गर्न सकिन जे होस् ढिलै भए पनि ब्लग लेख्न सन्किएको छु   

ब्लग लेख्ने तर के लेख्ने भन्ने समस्या मैंले देखेको छु कम्प्युटरको अगाडि प्रायः समय विताउने बाहिरी स्थानहरुमा प्रत्यक्ष रुपमा कम पुग्ने भएपछि अनुभवहरु पनि त्यति नहोलान कि जस्तो पनि लागेको तर पनि कोशिश चाहि गर्नेछु यसलाई निरन्तरता दिने  मैले अस्ति मेरो ब्लगमा आफूले लेखेको एउटा कथा समावेश गरेको थिएँ त्यसको प्रतिक्रिया पनि पाउदै छु त्यसैले अलि खुशी पनि छु, ब्लगलाई निरन्तरता दिने मेरो इच्छा झन बढेर आएको

केही समय देखि निरन्तर रुपमा मैले केही नेपाली ब्लगरहरुको ब्लगहरु बढ्दै आइरहेको छु अरु विदेशीहरुको ब्लग भन्दा नेपाली ब्लगहरु केही पृथक पाएको छु यसले चर्चा पनि पाई रहेको कान्तिपुर पत्रिकामा बेला बेलामा आई रहने ब्लग सम्बन्धि चर्चा, ब्लगका लागि प्रसिद्धी कमाएको मेरोसंसार, एकजना भूमिगत मित्र (खै उहाँले आफ्नो अनुहार कहिले देखाउनु हुने हो तस्वीर देखाउनु हुन्छ तर अनुहार छोपेर ) को ब्लग से समथिङ सहित थुप्रै नेपाली ब्लगहरु निरन्तर पढेर प्रेरित पनि भएको छु हुन उहाँहरु जति पनि ब्लगरहरु हुनुहुन्छ धेरै जस्तो पत्रकार साथीहरु हुनुहुन्छ जस्तो लाग्छ मलाई, त्यसैले उहाँहरुको ब्लग लेखाईमा एउटा अर्के किसिमको शैली खुवी जस्तो लाग्छ उहाँहरु निरन्तर बधाईका पात्रहरु हुनुहुन्छ  

Comments»

1. Kedar Nath - January 9, 2007

Say Na Something bhanera blog garne ko real name …..??…….(sorry ! name is deleted on her humble request.) ho. Usle pani pahila patrakarita nai gareki hun.

2. saynasomething - January 11, 2007

Will you please delete this comment? It’s my humble request to you. We all should respect each other’s privacy, don’t you think? I want to be anonymous, and I hope you would help me. Pls!