jump to navigation

कसरी सुधारुँ म आफूलाई ? January 11, 2007

Posted by rajendra in आफ्नै कुरा.
1 comment so far

सपिङमा रमाउनु कतिपय मान्छेहरुको सोख हुन सक्छ तर मलाई सपिङ गर्न भनेपछि दिक्दारीले छोपिहाल्छ । तैपनि बेला बेलामा सपिङबाट पन्छिन चाहि म सकिरहेको हुदिन । आफ्नै लागि सपिङ गर्नु केही सहज भए पनि अरुहरु -मतलब आफ्नै मान्छेहरु) का लागि सपिङ आफूले गरिदिनु पर्ने भएमा मलाई टाउको भारी भएर आउँछ । उनीहरुको रोजाई कस्तो होला भन्ने मलाई ठूलो समस्या पर्दछ । कहिलेकाही कुनै आधार विना नै केही किनिदिनु पर्यो भने त मेरो लागि साह्रै अप्ठ्यारो हुन्छ । फेरि प्रायजसो आफ्नै काममा (हुन त मैले काम गरेरै ठूलो प्रगति गर्न त सकेको छैन । प्रगति मतलब पैसा कमाउन) व्यस्त भईरहने मलाई केही घण्टा (more…)

अब म लेखिरहनेछु निरन्तर ! January 9, 2007

Posted by rajendra in आफ्नै कुरा.
2 comments

ब्लग अब निरन्तर पुनताजगी गर्छु भन्ने मनमा यीख लिएर शुरु गरेको छु  हुन झण्डै एक डेढ बर्षअगाडि देखि नै यस्तो विचार नगरेको होइन तर विभिन्न कारणहरु (विशेष गरी भोलि गरौंला नि भन्ने बानी) ले गर्दा समयमा सोचेको कुरा गर्न सकिन जे होस् ढिलै भए पनि ब्लग लेख्न सन्किएको छु   

ब्लग लेख्ने तर के लेख्ने भन्ने समस्या मैंले देखेको छु कम्प्युटरको अगाडि प्रायः समय विताउने बाहिरी स्थानहरुमा प्रत्यक्ष रुपमा कम पुग्ने भएपछि अनुभवहरु पनि त्यति नहोलान कि जस्तो पनि लागेको तर पनि कोशिश चाहि गर्नेछु यसलाई निरन्तरता दिने  मैले अस्ति मेरो ब्लगमा आफूले लेखेको एउटा कथा समावेश गरेको थिएँ त्यसको प्रतिक्रिया पनि पाउदै छु त्यसैले अलि खुशी पनि छु, ब्लगलाई (more…)

विवश मेरा अस्तित्व र स्वाभिमानहरु ! January 7, 2007

Posted by rajendra in आफ्नै कुरा, साहित्य तथा कला.
3 comments

- राजेन्द्र श्रेष्ठ, गोरखा  

म आफूलाइ शतप्रतिशत स्वस्थ मनस्थितिमा छु भन्ने ठानिरहेको छु । मैले लिने हरेक निर्णयहरु राम्रैसंग अवगत छ । म आफ्‍ना तन्दुरुस्त शरीर लिएर जहाँ पनि पुग्न सक्छु, जसलाई पनि भेट्‍न सक्छु । मेरो विचारहरुलाइ कुनै पनि समय र स्थानमा प्रस्फुटन गराउन सक्छु । को आफन्त, को अन्यत्र, को मित्र, को शत्रु, सवै राम्रैसंग थाहा छ मलाइ । हाँस्नु के हो ? रुनु के हो ? त्यो पनि वुझ्छु म । जन्मनुको परिभाषा मृत्युको औचित्य त्यो पनि त व्याख्या गर्न सक्छु । वास्तवमा म मानव नै हुँ । एउटा सामान्य मानव । वाटोमा हिंडिरहेको हुन्छु । वरिपरिवाट खासखुस आवाजहरु आएर ठोकिन्छ मेरा कानहरुमा । आवाजहरु सुन्नु नै झस्कनु चैं होइन तर म झस्किरहेको हुन्छु, ती आवाजहरु तिर कान फर्काइरहेको हुन्छु, विवश भएर अनि निर्वल र निर्लज भएर । रुन त मिलेन धुरु धुरु, हाँस्न झनै सक्दै सकिन । ठिङ्ग उभिन सकिन, ढ्‍याङ्ग ढल्न पनि भएन । सुस्तरी लागें आफनै गन्तव्यतिर, भुल्न दिइन आफूलाई ति खासखुस आवाजतिर । निरन्तर ठोक्किए आवाजहरु वाटै भरि, गह्रौं टाउको लिएर ढल्न पुगें ओछ्‍यानमा । मेरो मस्तिष्क कुमालेको चक्रसरी घुम्न थाल्यो । किन दुनियाँ देखिरहेछ म मा पागलपन ? किन चिच्याइ रहेछ दुनियाँ लहलहैमा ? ढोकाको ढकढक (more…)

विजयी सद्दाम र पराजित बुस (कृष्णज्वाला देवकोटा) January 7, 2007

Posted by rajendra in यता-उताबाट (साभार).
add a comment

(मलाई यो लेख मन परेकोले यहाँ राखेको छु । यो कान्तिपुरबाट साभार गरिएको हो ।)

वाटरगेट काण्डपछि सत्ता छोड्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका बारेमा एउटा ठट्टा थियो । निक्सन भन्थे रे, ‘यदि दुईवटा गल्तीले समेत एउटा ठीक परिणाम दिएनन् भने तेस्रो गल्ती पनि गरिहेर्नु पर्छ ।’
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले शनिबार आफूलाई निक्सनका असल उत्तराधिकारी सावित गरे तर इराक मामिलामा उनको तेस्रो गल्ती यति भयानक थियो कि संसारले केहीबेर विश्वाससम्म गर्न सकेन । तर जसै संसारभरिका टेलिभिजनका पर्दामा आफ्नै पासो मिलाइरहेका सद्दाम हुसेनलाई देखाइयो, अविश्वास गर्न केही बाँकी थिएन । शनिबार झिसमिसेमै जर्ज डब्लु बुसले सद्दाम हुसेनलाई मात्र होइन, अमेरिकी स्वाधीनता संग्रामबाट सूत्रबद्ध न्याय, स्वतन्त्रता र भ्रातृत्वको नारालाई पनि फाँसी दिइसकेका थिए । (more…)