jump to navigation

थोरै भएपनि नेपाल हाँसेको दिन । April 26, 2006

Posted by rajendra in आफ्नै कुरा.
trackback

 २०६३ बैशाख १२ गते मंगलबार, गोंगबुँ, काठमाडौं ।

(राति १० बजे) साँझ घर आएर ऐनामा आफ्नो अनुहार हेरेर आफैलाई दिक्क लागेर आयो । अनुहार कालो भएको थियो । दिनभरि काठमाडौँका बिभिन्न स्थानहरुमा घुमियो । जताततै झन्डा लिएर नारा लाउदै हिडेका मान्छेहरुको भिड मात्र भेटिन्थ्यो। शहिदका फोटोहरु लिएका, अनुहारमा अबिर लगाएर बिजय उत्सव मनाईरहेका भएपनि नाराहरु सुन्दा आन्दोलन जारि रहेको भान हुन्थ्यो । नेताहरुलाई जनताको बिश्वासमा घात नगर्न, सम्बिधान सभाको चुनाब घोषना तुरुन्त गर्न, माओबादि समस्या समाधान गर्न माग र चेतावनि दिदै नाराहरु लगएको प्रसस्तै भेटिन्थ्यो । राजा र राजतन्त्र माथि जनताको कति घृना रहेछ भनेर स्पस्ट बुझ्न सकिन्थ्यो । अपरान्ह्म नागरिक समाजले आयोजना गरेको जनसभामा भाषन सुन्न खुलामन्च पुगियो । धेरै समयेपछि खुलामन्चमा भाषन सुन्न पाइयो । मलाइ राम्रोसँग याद छ सरकार र माओबादि बिच भएको बार्ताको समयमा माओबादिले आयोजना गरेको जनसभामा भाषन सुन्न पछिल्लो पटक म खुलामन्च पुगेको थिएँ । त्यहाँ बक्ताहरुले गनतन्त्र को माग गरेका थिए । त्यहाँ टिएर ग्याँसबाट बच्न सकिएन ।

Comments»

1. dipen - April 26, 2006

yes ofcourse i agree with you. New era of Nepal is in door step lets hope all the peoples desire be fulfill lets see.

2. rock on360 - January 12, 2007

well i am in US so i do not know what it feels to be in Nepal right now, but i do not think will change significantly.